
हामी नेपाली मा बिग्रिएको बानी के छ भने हरेक पांच वर्ष मा चुनाव आए पछि इमानदार नेता को खोजी गर्न थाल्छौं, कोही कसैको रक्सी मासु खाएर भने कोही केही रुपैया लिएर, कोही झुठो आश्वासन को पछी लागेर, कोही आफ्नो जातपात तिर लागेर भने कोही लहै लहैमा लागेर ।
सोचि सम्झी भोट हाल्नेको संख्या अत्ति न्यून हुन्छ । आफै बेइमान बनेर इमानदार नेता को खोजी गर्नु लाज मर्दो कुरा हो , महापाप हो अतः सहि मायने मा योग्य नेतृत्व चाहिए छ भने पहिला आफै भोट दिने योग्य बनौं, व्यक्तिगत स्वार्थ त्यागेर देश को स्वार्थ को लागि भोट हालौं ।
यदि अहिले पनि चेतेनौं भने देशलाइ श्रीलंका बन्न अब देर छैन तसर्थ सित्तै पाउने लालच त्यागौं र सनातन धर्म संस्कृति संस्कार को रक्षा गर्ने योग्य उम्मेदवार को चयन गरौं ।