तिलकोत्सव कार्यक्रम धुमधाम साथ सम्पन्न

तिलकोत्सव कार्यक्रम धुमधाम साथ सम्पन्न
अनादिकाल देखि जनकपुर धाममा मनाइदै आइएको भगवान श्री सीयाराम ज्यू को विवाह महोत्सव को क्रममा मनाइएने तिलकोत्सव महोत्सव धूमधाम साथ सम्पन्न भएको छ ।

कार्यक्रम मा श्रीराम मन्दिर का महन्थ दशरथ ज्यूको रुपमा उपस्थित हुनु भएको थियो भने राजा जनक ज्यूकोरुपमा जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दास उपस्थित हुनु भएको थियो। कार्यक्रम मा विभिन्न प्रकार को सांस्कृतिक कार्यक्रम शुसम्पन्न भएको थियो ।

उत्तराधिकारी महन्थ दासले समेत सुमधुर गीत बाट कार्यक्रम लाई रोचक बनाउनु भयो। वहां लाई रामपट्टी की महिला हरुले गीतीमय गालीबाट सम्मान गरिन । विगतका वर्ष झैं यस पटक समेत सेकडौं को संख्या मा भार ९कोसेली० जानकी मंदिर बाट आएको थियो ।

यो नितान्त धार्मिक कार्यक्रम भए पनि कार्यक्रम को शुभारंभ राजनीति क नेता एवं कर्मचारिहरुको आशन ग्रहनबाट गरियो जुन अशोभनिय एवं दुर्भाग्यपूर्ण थियो । यस्ता दिनहरूमा कार्यक्रम को शुभारंभ धार्मिक व्यक्तित्वहरुबाट गरिनु पर्छ।

By Hardinath Saptahik

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts