स्वस्थ शरीर को लागि स्वस्थ अन्न, तरकारी,फलफुल,हावापानी एवं स्वस्थ्य मनःस्थिति अत्यंत जरूरी छ ।
अन्न, तरकारी,फलफुल जैविक मल एवं जैविक विषादीको प्रयोग गरी उब्जाइएको छ भने मात्रै त्यसलाई स्वस्थ एवं शरीर को लागि हितकारी मानिन्छ ।
स्वस्थ रहनु छ भने आफ्नो बारी मा,बारी छैन भने घरको छानोमा यदि छानो पनि छैन भने केहि जना मिलेर कुनै जमीन लिज मा लिएर वर्मी कम्पोस्ट (गड्यौला)मल र जैविक विषादीको प्रयोग गरी तरकारी,फलफुल तथा अन्न उब्जाऔं । यदि यो पनि सम्भव छैन भने कुनै विश्वस्त आर्गेनिक फार्म संग सम्पर्क गरी यस्तो प्रकार को उत्पाद उत्पादन गर्न मा सहयोग गरी आवश्यक तरकारी, फलफुल,अन्न प्राप्त गरौं ।
वर्मी कम्पोस्ट बाट उब्जाइएको फुल अत्यधिक सुगन्धित हुन्छ त्यसैगरी तरकारी, फल एवं अन्न अत्ति स्वादिष्ट एवं स्वास्थ्य वर्धक हुन्छ ।
वर्मी कम्पोस्ट (गड्यौला मल)को लागि सम्पर्क:-
श्री मिथिला बिहारी बहुउद्देशीय आर्गेनिक कृषि फार्म, मिथिला बिहारी न.पा.१० ।

